२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

निजामती सेवा ऐन विधेयक तुरुन्त अगाडी बढाईयोस्: सांसद जग प्रसाद शर्मा

निजामती सेवा ऐन विधेयक तुरुन्त अगाडी बढाईयोस्: सांसद जग प्रसाद शर्मा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडी बढाउन सरकार समक्ष आग्रह गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउनको निम्ति सरकार समक्ष आग्रह गर्नुभएको हो । 

उहाँले भन्नुभयो – ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन । यसले प्रदेश सरकारहरुले काम अगाडी बढाउन सकेका छैनन् । प्रदेश लोकसेवा आयोगले पनि काम अगाडी बढाउन सकेको छैन । म सरकारको ध्यान आकृष्ट गर्न चाहान्छु,  यो विधेयक तुरुन्त अगाडी बढाईयोस् ।’

राष्ट्रिय सभा सदस्य उदया शर्मा पौडेलले कोभिड र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘केही दिन यता संक्रमण बढ्दै जाँदा चिन्ताको विषय बनेको छ । बन्दाबन्दी केही खुकुलो भएपछि बजार र सार्वजनिक यातायात सुचारु हुन थालेका छन् । भीडभाड बढ्दै गएको छ । मास्क लगाउने हेलचेक्र्याई गरिदैँछ । सार्वजनिक सवारीका साधनमा सेनिटाइजरको व्यवस्था भएको पाईदैनँ, सार्वजनिक दुरीको त कुरै छोडौँ । विद्यार्थी, अपांग र जेष्ठ नागरिकले यातायातमा पाउने छुट बन्द गरिएको छ । पेट्रोलियम पद्धार्थ र कोभिडको कारण देखाएर नागरिकको अधिकार कुनैपनि हालतमा हनन् गर्न हुँदैन यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’

उहाँले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएका कारण चिन्ता थपिएको पनि बताउनुभयो । सार्वजनिक यातायात सुचारु भएसँगै भीडभाड बढेको र मास्क नलगाई हेलचेक्र्याई गरिएको भन्दै उहाँले सार्वजनिक सवारी साधनमा सेनिटाइजरको व्यवस्था नभएको पनि उल्लेख गर्नुभयो ।