२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

महान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्यूठानमा भएको थियो । उहाँले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गर्नुभएको छ ।

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सबाट २००७ मा सामाजिक अध्ययन संस्थानबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले वातावरणीय कानुनमा स्नातक गर्नुभएको छ ।

कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न हुनुहुन्छ । उहाँले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गर्नुभएको थियो ।

डा पोखरेलले व्यवस्थापिका–संसद्को पूर्वसभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको रुपमा काम गर्नुभएको थियो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनको फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आउनुभएका पोखरेल जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासका केन्द्रित रही काम गर्नुभएको छ ।