• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेपाल टी–२० क्रिकेटमा आजबाट प्रवेश निःशुल्क



काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेटमा आजबाट दर्शकले निःशुल्क खेल हेर्न पाउने भएका छन् ।

टियू क्रिकेट मैदानमा भएको यसअघिका म्याचहरूमा १०० रुपैयाँ टिकट तोकिएकोमा आजदेखि निस्शुल्क गरिएको आयोजकले बताएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले संचालन गरेको नेपाल टी–२० गत शनिवारबाट सुरु भएको थियो । यस प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् भने इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।