२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अदालतको फैसलाको बारेमा प्रश्न उठाउन पाईने कि नपाईने ?- सांसद देवेन्द्र दाहाल

अदालतको फैसलाको बारेमा प्रश्न उठाउन पाईने कि नपाईने ?- सांसद देवेन्द्र दाहाल
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले संसद पुनस्र्थापना गर्ने अदालतको फैसलाको सम्बन्धमा राष्ट्रिय सभाले आफ्नो दृष्टिकोण दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै दाहालले परमादेशबाट शासित हुनुपरेको उल्लेख गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरिएको सम्बन्धमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने र सभाले स्पष्ट दृष्टिकोण दिनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा अदालतले गरेका गलत निर्णयहरुलाई टुलुटुुलु हेरेर बस्नु नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘यतिबेला हामी परमादेशबाट शासित छौँ । भर्खरै मात्र अदालतले गरेको परमादेशको फैसलाको बारेमा यो सभाको दृष्टिकोण के हुने हो ? अदालतको फैसलाको बारेमा प्रश्न उठाउन पाईने कि नपाईने ? यो प्रश्न आज जन–जनको बीचमा बहस भईरहेको विषय छ । यो सदन स्वभाविक रुपले जनताका प्रतिनिधिहरु भएको आम नेपाली जनताको प्रतिनिधित्व गर्ने संस्था हो । यो जनताको अदालत पनि हो । त्यसैले यसले जनताको पक्षमा आवाज उठाउने मात्र होईन । त्यस्ता गलत फैसलाहरुका बारेमा जनतालाई सुसूचित गर्दै सच्याउनका लागि कानूनलाई अझ प्रष्ट पार्ने प्रावधान पनि राख्न सक्छ । अदालतले गरेका गलत निर्णयहरु पनि टुलुटुलु हेरेर बसिरहनुपर्छ भन्ने होईन ।’

राष्ट्रिय सभा सदस्य दाहालले अदालतको फैसलामा महान्यायाधिवक्ता माथि आक्रोश व्यक्त गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । बहसका क्रममा निवेदनको तर्फबाट प्रधानन्यायाधीश सम्मलाई उपदेशात्मक निर्देशन दिइएको भन्दै त्यसलाई स्वभाविक भनेर उल्लेख गर्नुले न्यायाधीशहरुको विश्वसनीयता गुमेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘उपदेशात्मक आदेश दिने वकिलको बारेमा स्वभाविक कुरा हो भनेर उल्लेख गरिएको छ । र महान्यायाधिवक्ता लगायत सरकारी वकिलहरुको विरुद्धमा नरम भाषामा भएपनि आगो ओकलिएको छ । के अदालतको इजलाश भनेको फैसलाको व्याख्याको नाममा न्यायाधीशको कुण्ठा र आक्रोश पोख्ने थलो हो र अध्यक्ष महोदय ? न्याय निरुपणको क्षेत्रमा यस्ता पूर्वाग्रही न्यायधीशको इजलाशमा इतिहासमा कस्तो स्थान रहला ? र न्यायालयको विश्वसनीयता कति रहला ?’

उहाँले सेटिङबाट इजलाश गठन भएको र सेटिङबाटै निर्णय भएको बताउनुभयो । सर्वोच्च अदालतले फैसलामा संविधान र कानूनको व्याख्या होईन, जनताका अधिकारहरु माथि सुँढ घुसाएको उहाँको टिप्पणी छ ।