३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस क्लब कासेरेन्योले गण्डकी-११ लाई हरायो



अ+ अ-

काठमाडौं । पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले नेपालको गण्डकी-११ लाई पराजित गरेको छ । बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको हो ।

कासेरेन्योको जितमा कार्मेलो मोराले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । यस्तै, खेलको ३० औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३-० ले विजयी गराए ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।