• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन ★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ

स्पेनिस क्लब कासेरेन्योले गण्डकी-११ लाई हरायो



काठमाडौं । पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले नेपालको गण्डकी-११ लाई पराजित गरेको छ । बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको हो ।

कासेरेन्योको जितमा कार्मेलो मोराले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । यस्तै, खेलको ३० औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३-० ले विजयी गराए ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।