२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका स्वास्थ्यकर्मीहरुको तलब बृद्धि



अ+ अ-

लण्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि  गरिएको सरकारले बुधबार घोषणा गरेको छ ।

पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले बृद्धि गरिदिएको हो ।  
 
“स्वास्थ्यकर्मीहरुको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्ने छन्, उनीहरुले पनि तलव बृद्धिको सुविधा पाउने भएका छन,” सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदी निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०को व्यवस्था गरिएको छ । 

कोरोनाभाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा बृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो । (रासस-एएनआई)