१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने

बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने
अ अ+ अ-

काठमाडौँ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ ।

उक्त विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पु¥याउन ¥याम्प बस राखेको छ । यात्रु जहाज र टर्मिनल भवन आउजाउ गर्न ¥याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुध्द एयरका लागि जाँच काउण्टर नं ३, ४ र ५ तोकिएको छ । सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टा अगाडि विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ ।

बुद्धले पोखरा विमानस्थलबाट काठमाडौँ जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने जनाएको छ । नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालिन उडान पनि गरिने छ ।

अन्तरराष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने योजना बनाएको छ । बुद्ध एयरसँग ११ एटीआर–७२, तीन एटीआर–४२ जहाज रहेका छन् । निकट भविष्यमै बुद्ध एयरले थप तीन एटीआर–७२ जहाज भित्र्याउन लागेको छ ।