२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको आधिकारीता कसलाई, निर्वाचन आयोगले के भन्यो ?



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनाता समावादी दल (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहिबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि पार्टीको आधिकारिकता दावी गर्दै यादव निर्वाचन आयोगमा निवेदन दिदा आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो । जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ ।