५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रास्वपालाई दिने समझदारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकारको गठन भएपछि अहिले सात दलीय गठबन्धनमा शक्ति बाँडफाँटको गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शक्ति बाँडफाँटबारे छलफल गर्न आजै गठबन्धनको बैठक बोलाउनुभएको छ । यसअघि मन्त्रालय विस्तारका लागि मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको नेतृत्व लगायत अन्य महत्त्वपूर्ण पदको बाँडफाँटका लागि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा आठ सदस्यी मन्त्रिमण्डल बने पनि चार मन्त्रीको जिम्मेबारी तोकिएको छैन । गठबन्धनको बैठकबाट कुन पार्टीले कतिवटा मन्त्रालय पाउने भन्नेबारे तय गर्ने बताइएको छ ।

यस्तै प्रदेशको मुख्यमन्त्रीको बाँडफाँटबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सर्तमा राष्ट्रपति र सभामुख पद एमालेले पाउने सहमति भइसकेको छ । उपसभापति पद कसले पाउने भन्ने टुंगिन बाँकी छ ।

सत्ता गठबन्धनको प्रमुख घटकमध्येको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पाउनुपर्ने दाबी गरेको समाचार छ । रास्वपाको उक्त दाबीमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली करिबकरिब सहमत भएको स्रोतले बताएको छ ।

रास्वपाले उपराष्ट्रपति र उपसभामुख पदमध्ये एक रोज्नपर्ने अवस्था आउँदा उपराष्ट्रपति पदको भूमिका खासै नरहेकाले उपसभामुख रोजेको हो । जनमुखी विधेयकहरुलाई संसद्मा पेश गर्ने काममा उपसभामुखको हात रहने भएकाले रास्वपाले सो पदमा रुचि देखाएको बताइएको छ ।

यद्यपि उपसभामुख पाउने अवस्थामा पार्टीबाट कसलाई पठाउने भन्नेबारे रास्वपाले टुंगो भने लगाइसकेको छैन । पार्टीमा कानूनको विद्यार्थी भएका नाताले सोविता गौतम सो पदका लागि उपयुक्त हुने विश्लेषण गरिएको छ । यद्यपि गौतमले उपसभामुखभन्दा पनि मन्त्रीप्रति इच्छा व्यक्त गरेकी छन् ।

उपराष्ट्रपति पदका लागि भने अहिलेसम्म सत्ता गठबन्धनबाट कसैले दाबी गरेको छैन । रास्वपाले सो पदमा दाबी नगरेपछि सम्भवतः माओवादी केन्द्रले सो पदमा दाबी गर्न सक्छ ।




भर्खरै