काठमाडौं । नेपाल प्रहरीको नायब महानरीक्षक (डीआईजी) मा सौरभ राणा बढुवा भएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि खाली भएको दरबन्दी राणलाई बढुवा गरिएको हो । राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।