११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली खुमलटारमा, मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल गर्नुहुने बताइएको छ ।

आज बिहान नै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो । आजै एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपाल बिच पनि छलफल गराउने तयारी भै रहेको छ ।

पछिल्लो पटक अध्यक्ष ओली प्रधानमन्त्री हुँदा प्रचण्डसहित असन्तुष्ट रहेका नेताहरुले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै ओली २०७७ पुस ४ गते खुमलटार पुग्नुभएको थियो ।