काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा एमाले निटक अनेरास्ववियुका बिच झडप भएको छ ।
बुधबार बिहान क्याम्पसमै अनेरास्ववियुका नेताहरु आरसी लामिछाने र समिक बडाल समूहबीच झडप भएको बताइएको छ ।
झडपका क्रममा अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अन्य दुइ विद्यार्थी माथि खुकुरी प्रहार भएको थियो । घाईतेको मोडल अस्पतालमा उपचार भै रहेको छ ।










