२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रयास: सरकारमा सहभागिताका लागि नेपाल र यादबसंग छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको छ ।

ललितपुरको हात्तीवनस्थित आफ्ना भान्जा गोकुल भण्डारीकाे निवासमा जारी भेटवार्तामा नेपाल र यादवलाई सरकारमा आउन प्रचण्डले आग्रह गर्नुभएको जनाईएको छ ।

संसद अधिवेशन सुरु भएपछि बिश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहनु भएका प्रधानमन्त्री दाहालले उहाँहरु संग छलफल गर्नुभएको हो । प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेको भने नेकपा एस पर्ख र हेरको रणनीतिमा रहेको छ ।