२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुनुपर्छ : ऊर्जामन्त्री भुसाल

अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुनुपर्छ : ऊर्जामन्त्री भुसाल
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिनुभएको छ । 

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे आज जानकारी लिँदै उहाँले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रिकृत गर्न निर्देशन दिनुभयो । नदीसँगै बग्ने गेग्रानको उचित व्यवस्थापन गरेर बस्ती कसरी जोगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “देशको विकासका लागि आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान हुनुपर्छ, धेरैतिर हात हाल्नुभन्दा राष्ट्रिय प्राथमिकताका विषयलाई ध्यान दिनुहोस् ।”

निश्चित समयमा विज्ञसँग परामर्श गरेर अनुसन्धान गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “अनुसन्धानको नतिजालाई ‘टाइ अप’ गरेर काम गर्नुपर्छ, व्यावहारिक र कार्यान्वयन गर्ने खालको रिसर्च हुनुपर्छ । त्यसो भएन भने वौद्धिक विलाशिता मात्र हुन्छ ।” 

केन्द्रले नदीको बहाव, बाढीपहिराको हुने क्षति, जलस्रोत कूटनीतिलगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । केन्द्रका प्रमुख डा महेश्वर श्रेष्ठले जनशक्तिको अभाव भएको तथा भएका जनशक्ति पनि काजमा अन्त गएकाले समस्या भएको बताउनुभयो ।