• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडले नटिङहम फरेस्टलाई हरायो, बर्नमाउथविरुद्ध चेल्सी विजयी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सजह जित निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई ३–० गोलले पराजित गरेको हो ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलको १९ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

८७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ३–० ले जित दिलाए । जितसँगै १५ खेलबाट २९ अंक जोडेको युनाइटेड तालिकाको पाँचौं स्थानमा रहेको छ । एक खेल बढी खेलेको फरेस्ट १३ अंकसहित १९ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन खेलको १६ औं मिनेटमा काई हाभेट्र्ज र २४ औं मिनेटमा मासन माउन्टले गोल गरे ।

जितसँगै चेल्सी १५ खेलबाट २४ अंकसहित तालिकाको आठौं स्थानमा रहँदा एक खेल बढी खेलेको बर्नमाउथ १६ अंकसहित १६ औं स्थानमा छ ।