२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको चाहना



अ+ अ-

एजेन्सी । युक्रेनले रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य लिएको छ तर त्यसमा विपक्षी क्रेमलिनले भाग लिने अपेक्षा किएभले गरेको छैन । रुस शान्ति शिखर सम्मेलनमा सहभागी नभएपछि चाँडै युद्ध अन्त्य हुने भविष्यवाणी गर्न कठिन भएको छ ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशको सरकारले आगामी दुई महिना भित्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको मध्यस्थतामा शान्ति शिखर सम्मेलन गर्न चाहेको एसोसिएटेड प्रेसलाई बताएका छन् । सन् २०२३ भित्रमा युद्ध अन्त्य होस् भन्ने युक्रेनी चाहना रहेको पनि उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले पनि ‘महासचिवले विगतमा धेरै पटक भनेझै सबै पक्षले मध्यस्थता गरून् भन्ने चाहेमा मात्र’ उहाँले मध्यस्थता गर्नसक्ने प्रतिक्रिया दिएको छ । टर्कीको अग्रसरतामा खाद्यान्न आपूर्ति गर्नेसम्बन्धी यसअघि सम्झौताजस्तै शान्तिवार्ताका निम्ति रुससँग छलफल गर्न अन्य राष्ट्रहरू स्वतन्त्र ढङ्गले लाग्नसक्ने विदेशमन्त्री कुलेबाले बताए ।

आफ्नो देशले मस्कोसँग प्रत्यक्ष वार्ता गर्नु अघि रसियाले युद्धअपराध न्यायाधिकरणको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए । साथै उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गत हप्ताको अमेरिका भ्रमणको नतिजाबाट आफू पूर्ण रूपमा सन्तुष्ट भएको बताए ।