२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले राजनीतिक समितिको बैठकपछि सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ ।

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार जसपाले अहिले ‘पर्ख र हेर’ को रणनीति लिएको छ ।

यसैगरी उक्त पार्टीले अहिलेसम्म पार्टीको संसदीय दलको नेतासमेत चयन गरेको छैन । प्रतिनिधिसभामा सो दलको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जसपासहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको छ र नागरिक उन्मुक्ति पार्टीको चार सिट रहेको छ ।