१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड ‘पेण्डुलम’ नै हुन्: राप्रपा उपाध्यक्ष मिश्र



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपा कुनै हालतमा पनि सरकार जान नहुने जनाउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा एक सन्देश राख्दै मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले तीन सर्त राख्नु पर्ने बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

तथ्य र तीन शर्त

राप्रपा सरकारमा जाँदैन: राजेन्द्र लिङदेन

कुनै हालतमा जानु हुँदैन: म

समर्थनका ‍सम्वन्धमा: बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गर्ने निर्णय गरेको हो।
तर राप्रपाको बैठकले निर्णय गरिसक्दा बाहिर अरू केहीले पनि समर्थन गरि सकेछन्, जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्यो, जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकशित भएको थियो।

प्रचण्डबारेको मेरो पुरानो धारणा यथावत् छ- प्रचण्ड ‘पेण्डुलम’ नै हुन्।

अब सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा ३ वटा शर्त राख्नु उपयुक्त हुन्छ।

१) पौष २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस[Nepal Day] घोषणा गरियोस्।

२) संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गरियोस् र जनताको चाहाना अनुरूप निर्णय गरियोस्।

३) उच्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानविन गरि दोषीलाई कारवाही गरियोस्।