१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड ‘पेण्डुलम’ नै हुन्: राप्रपा उपाध्यक्ष मिश्र



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपा कुनै हालतमा पनि सरकार जान नहुने जनाउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा एक सन्देश राख्दै मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले तीन सर्त राख्नु पर्ने बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

तथ्य र तीन शर्त

राप्रपा सरकारमा जाँदैन: राजेन्द्र लिङदेन

कुनै हालतमा जानु हुँदैन: म

समर्थनका ‍सम्वन्धमा: बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गर्ने निर्णय गरेको हो।
तर राप्रपाको बैठकले निर्णय गरिसक्दा बाहिर अरू केहीले पनि समर्थन गरि सकेछन्, जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्यो, जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकशित भएको थियो।

प्रचण्डबारेको मेरो पुरानो धारणा यथावत् छ- प्रचण्ड ‘पेण्डुलम’ नै हुन्।

अब सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा ३ वटा शर्त राख्नु उपयुक्त हुन्छ।

१) पौष २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस[Nepal Day] घोषणा गरियोस्।

२) संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गरियोस् र जनताको चाहाना अनुरूप निर्णय गरियोस्।

३) उच्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानविन गरि दोषीलाई कारवाही गरियोस्।