२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday
Latest
राजसंस्था नेपालीलाई एकतावद्ध गराउने संस्था भएको डा. लोहनीको दाबी राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ काठमाडौंमा लामो समयपछि वर्षा भएसँगै प्रदूषणबाट राहत संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’ आयोगको प्रतिवेदन लुकाएर ऐन निर्माणलाई पर धकेलिएको रास्वपा शिक्षा विभागको दाबी बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष मृत भेटिए सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीवार पुरातत्व विभागको भ्रमण गर्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो ३ बजे प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुने गरी अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।