१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

सन्दीपको मुद्दाः अस्पतालबाट किशोरीको जन्म मिति झिकाउन आदेश

सन्दीपको मुद्दाः अस्पतालबाट किशोरीको जन्म मिति झिकाउन आदेश
अ अ+ अ-

काठमाडौँ । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।

मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सन्दीप लामिछानेबिरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश दिएको बताउनु भयो । उहाँले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा वकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि वकपत्रका लागि बोलाउन आदेश दिएको बताउनु भयो । उहाँले अदालतले पीडित भनिएकी युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेबिरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश भयो । आदेशपछि वकपत्र पनि शुरु भयो । मागिएका कागजातहरु पनि सम्मानित अदालतमा दिन भनिएको छ । वकपत्रको क्रममा सबै साक्षिहरु जाहेरवालको तर्फबाट सरकारी साक्षिहरु र प्रतिवादी सन्दीप लामिछानेको साक्षिहरुको वकपत्र भयो । दुई जनाको हुन सकेन । २ जना उपस्थित रहनुभएन ।

क्रिकेटर देव खनाल, मेडिकल टेस्ट गर्ने डाक्टर उपस्थित हुनुभएको थिएन । उहाँहरु २ जनाको वकपत्र नभएको हुनाले आज पेशीमा चढेको छ । दुई जनालाई बोलाउन र पीडित भनिएकी युवतीको दाजुले वीरगञ्जको अस्पतालमा जन्मिएको भन्नेकुरा गरेकाले उहाँ सम्बन्धित अस्पतालबाट जन्ममिति पठाउन आदेश भएको अवस्था छ । देव खनालसँग वकपत्र गर्ने, दोस्रो डाक्टरसँग वकपत्र गर्ने, सम्बन्धित अस्पतालबाट विवरण ल्याउने आदेश भएको छ ।’

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेबिरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुयाउने बताउनु भयो । उहाँले अबको करिव ३ मिहनासम्ममा सबै विषय टुंगिने दाबी गर्नुभयो । अधिवक्ता घिमिरेले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताउनु भयो ।

उहाँले उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेर भन्दापनि सन्दीपको निर्दोष छु भन्ने आत्मविश्वासलाई साबित गर्नेकुरामा रहेको बताउनु भयो । उहाँले नेपालले पछिल्लो समय क्रिकेटमा पराजय व्यहोरीरहेकोमा सन्दीप चिन्तित रहेको पनि बताउनु भयो ।