१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

स्थानीयको अग्रसरतामा नदी बगर बन्यो सामुदायिक वन

स्थानीयको अग्रसरतामा नदी बगर बन्यो सामुदायिक वन
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ ।

उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा परिणत गरेका छन् । डेढ दशकअघिसम्म बगरलाई एक छेउबाट हेर्दा परसम्म नियाल्न सकिन्थ्यो । हाल बगरमा बोटबिरुवा बाक्लिदै र हुर्कदै गएका छन् । एकै पटकको प्रयासले उजाड बगर हराभरा भने भएको होइन । स्थानीयको संरक्षणको प्रयासस्वरुप बगर अहिले सामुदायिक वन बनेको छ ।

“नदीको बगरमा पहिले गाईगोरु चराइन्थ्यो”, स्थानीय टेकबहादुर साउदले भन्नुभयो, “बगरमा बोटबिरुवा छँदै थिएनन्, बालुवा र केही ठाउँमा भूइँ घाँस मात्रै हुन्थ्यो, घाँस गाईगोरुले चर्दा हुर्कन पाउदैन्थ्यो ।”

गाईगोरु चराएर मात्रै हुँदैथ्यो, घाँस दाउरा ल्याउन टाढाको वन क्षेत्रमा महिलालाई पुग्नुपर्ने बाध्यता थियो । त्यसै कुरालाई मध्यनजर गरी गाउँमा बगर संरक्षण गर्नेबारे गहन रुपमा छलफल भएको थियो ।

“वन कार्यालयका कर्मचारीसँग छलफल गरेपछि बगरलाई संरक्षण गर्ने निधो ग¥यौँ”, राधा चौधरीले भन्नुभयो, “बगर संरक्षण गर्नु निकै ठूलो चुनौती थियो, गौचरका रुपमा रहेको क्षेत्रलाई संरक्षण गर्ने कुराको विरोध भए पनि बेवास्ता गर्दै हामी संरक्षणमा जुट्यौँ, अहिले उजाड बगरलाई सामुदायिक वनका रुपमा परिणत भएको छ ।”

उहाँका अनुसार महिलाहरु दिनरात बगर संरक्षणमा जुटेका थिए । त्यसमा पुरुषले पनि साथ दिए । बगरमा बिरुवा हुर्कदै गएर रुखका रुपमा परिणत हुन थालेपछि विसं २०६६ सालमा तत्कालीन जिल्ला वन कार्यालयमा प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहका रुपमा दर्ता गरी संरक्षण गरिएको थियो । हाल नदीको बगरमा सिसौ, खयर, साल, विजयसलका विरुवा छन् ।

सामुदायिक वनबाट महिलाले दाउरा र घाँस सहज रुपमा पाउन थालेका छन् । सुकेका पानीका मुहानमा फेरि पानी आउन थालेको छ । नदीले कटान गर्दै आएको जग्गा जोगिएको छ । वनमा चराचुरुङगीसँगै जङ्गली जनावर चितल, चितुवा, बँदेल, दुम्सी खरायो, मयुर लगायतको चहलपहल बढेको छ ।

पशुपालन गरेका महिलाका लागि हप्तामा एक दिन प्रतिव्यक्ति रु ५० लिएर घाँसका लागि सामुदायिक वन खुल्ला गरिँदै आएको छ । भूई घाँस भने सामुदायिक वन निःशुल्क रुपमा उपभोक्तालाई उपलव्ध गराउँदै आएको छ ।

संरक्षण गरेको सामुदायिक वनबाटै उपभोक्ताले, काठ, दाउरा पाउन थालेका छन् । “काठ खरिद गर्नका लागि टाढाको सामुदायिक वनमा भरपर्नु पर्दथ्यो”, सामुदायिक वनका उपभोक्ता टेकबहादुर साउदले भन्नुभयो, “हाल सिसौ, खयर र सालको काठ सामुदायिक वनबाटै सुपथ मूल्यमा उपलव्ध हुन थालेको छ ।” सामुदायिक वन क्षेत्रमै पाइने पटेरो नामक घाँसबाट स्थानीय बासिन्दाले चटाई, ढकियालगायत बुनेर प्रयोगमा ल्याउने गरेका छन् ।

वन क्षेत्रमा प्रशस्त रुपमा पाइने असारेको पात सङ्कलन गरी तेल उत्पादन गरी उपभोक्ताले आम्दानी लिँदै आएका छन् । “दुई वर्ष सामुदायिक वन क्षेत्रमा रहेको असारेको पात प्रशोधन गरी तेल निकालेर बिक्री ग¥यौँ”, स्थानीय उपभोक्ता सङ्गीता जागरी९विक०ले भन्नुभयो, “अहिले बजार नपाउँदा उत्पादन गरिएको तेल बेच्न पाएका छैनौँ ।” असारेसँगै स्थानीय बासिन्दाले सामुदायिक वनकै सहयोगमा मेन्था, क्यामामाईल लगायतको जडीबुटी खेती गर्दै आएका थिए ।

मेन्था र क्यामामाइलको तेलले बजार नपाउँदा लगाउन छाडिएको छ । जडीबुटी प्रशोधनका लागि दातृ निकाय र सामुदायिक वनको रु दश लाख बढीको लगानीमा जडान गरिएका दुई वटा प्लान्ट हाल प्रयोगविहीन अवस्थमा छन् । वनमाथि दाउराको निर्भरता कम गर्नका लागि उपभोक्तालाई गोबर ग्यास प्लान्ट निर्माणका लागि अनुदान दिने कार्य हँुदै आएको सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउदले बताउनुभयो ।

“शौचालयसहितको गोबर ग्यास प्लान्ट निर्माणका लागि ८० बढी उपभोक्तलाई रु पाँच हजारका दरले अनुदान रकम उपलव्ध गराई सकिएको छ”, उहाँले भन्नुभयो, “गोबर ग्यासको अनुदान नपाएका ५४ उपभोक्तालाई एलपिजी ग्यास सहितको चुलो वितरण गरिएको छ ।”

सामुदायिक वनका उपभोक्तालाई आत्मनिर्भर बनाउने उद्देश्यले घुम्ती कोष खडा गरी परिचालन गरिएको छ । कोषमा हाल रु तीन लाख बढी रकम जम्मा भइसकेको छ । कोषबाट एक प्रतिशत ब्याजमा उपभोक्तालाई ऋण उपलव्ध गराउने गरिन्छ । कोषको रकम परिचालन गरी ५० बढी परिवारले बाख्रा, बङ्गुर र कुखुरापालन गरी आम्दानी लिँदै आएका छन् ।

“जडीबुटी खेतीले उभोक्ताको जीवनस्तर उकास्न निकै मद्दत पु¥याएको थियो, रोजगारीका लागि भारत जाने युवाले गाउँघरमै काम पाएका थिए”, अध्यक्ष साउदले भन्नुभयो, “जडीबुटीबाट उत्पादित तेलले बजार नपाउँदा युवा बेरोजगार भएपछि पुनः भारत जान थालेका छन् ।”

सामुदायिक वनले काठ, दाउरा, घाँस बिक्रीसँगै दण्डजरिवानाबाट सङ्कलन हुने रकम उपभोक्ताको जीवनस्तर उकास्ने कार्यसँगै, वन क्षेत्रमा वृक्षरोपण, विद्यालय सञ्चालन र गाउँ क्षेत्रको सडक स्तरोन्नतिका लागि खर्च गर्दै आएको छ ।

“गौचरका रुपमै पहिला जस्तै बगर रहेको भए स्थानीय उपभोक्ताले वनपैदावारका लागि अरुकै भर पर्नुपर्ने अवस्था हुन्थ्यो”, स्थानीय उपभोक्ता प्रिति आउजीले भन्नुभयो, “सामुदायिक वन भएर पो घाँस दाउराका लागि अरुको मुख ताक्नु परेको छैन ।”

वन क्षेत्रमा हाल पनि सुकुम्वासी र आरक्ष पीडितका नाममा अतिक्रमण गर्ने प्रयास नभएका होइनन् । उपभोक्ताको एकजुटताले वनलाई जोगाउन मद्दत पु¥याएको छ ।

“वर्षौँको मेहनतले वन क्षेत्र जोगाएर यहाँसम्म पु¥यायौँ”, भरतबहादुर साउदले भन्नुभयो, “ज्यानको बाजी लगााएर पनि वन क्षेत्रलाई अतिक्रमण हुन दिदैनौँ, अझै संरक्षण गरी वनलाई नमुना बनाउनका लागि लाग्छौँ ।” रासस