२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५९.८७ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिव ५ महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंकले बढेको छ ।

मगंलवार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार २ अर्ब बराबरको कारोबार भएको थियो ।

मगंलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै मंगलवार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ । जसमा बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।