२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए
अ अ+ अ-

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन् । गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक आठ र बालिका सात रहेका छन् । यसैगरी सामान्य घाइते हुनेको सङ्ख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिनुभयो । त्यसपछि जिप/कार २६, ट्रकरट्याङ्कर २३, ट्र्याक्टर १५, बस १३, टेम्पो १०, साना सवारी आठ, टिपर पाँच, माइक्रो तीन र अन्य एक गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले बताउनुभयो ।

सबैभन्दा बढी दुर्घटनामा पर्ने मोटरसाइकल रहेको छ । दुर्घटना पर्नेमा अधिकांश पुरुष छन् भने त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाएका छन् । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो । युवापुस्ताहरुले तीव्रगतिमा सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने तथा जस्तो ठाउँमा पनि ओभरटेक गर्दा मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको पाइएको उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा सडक जीर्ण भएकाले समेत कतिपय दुर्घटना हुने गरेका छन् । चार लेनमा सडक विस्तारको क्रममा रहेको छ । यस क्रममा धेरैजसो ठाउँमा लामो समयसम्म सडक मर्मत नगर्दा ठूला–ठूला खाडल परेका छन् । यसले समेत दुर्घटना बढाएको छ ।

यसैबीच गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले रु एक करोड ११ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको छ । विभिन्न सवारी साधन गरी १८ हजार १४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बडूले बताउनुभयो ।