२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन, समाधानका लागि राष्ट्र बैंक पनि साथमा छः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सिएनआई) का पदाधिकारीहरुसँगको भेटमा यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील रहेको पनि बताउनु भयो । उहाँले अर्थतन्त्रको समस्या समाधान गर्नेकुरामा सरकारले विलम्व गर्नु नहुनेमा आफू गम्भीर रहेको पनि बताउनु भयो ।

अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकार समस्या सरकार भएर हेर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकार नदीका दुई किनारा नभइ एउटै नदी प्रणाली भएको बताउनु भयो । मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल टुटे र निजी क्षेत्रका समस्या समाधान नभए राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बताउनु भयो । उहाँले निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको बताउनु भयो । उहाँले निजी क्षेत्रका प्रतिनिधिहरुलाई कमजोर नभइ उच्च मनोबल बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील छ । यो समस्या समाधान गर्ने काममा हामीले विलम्व गर्नु हुँदैन भन्ने सरकार छ । सरकार हाम्राप्रति संवेदनशील छ भन्ने सोच्नुहोस् । तपाईहरु सरकार भएर हेर्नुहोस्, म निजी क्षेत्र भएर हेर्छु । हामी एउटै नदी प्रणाली हौँ । हामी नदीका दुई किनारा होइनौँ । निजी क्षेत्रको मनोबल टुट्यो र समस्या समाधान नभए त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्छ ।

निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको छ । अबबाट मनोबल कमजोर बनाएर होइन, दरो मनोबलका साथ अघि बढ्नुहोला । समस्या समाधान हुनेछन् । देशले आर्थिक शंकटको अवस्था व्यहोरिरहेको स्थितिमा म निराशा थपेर पठाउन चाहन्न । समस्या गम्भीर पनि छन् । काबु बाहिर परिस्थिति गइसकेको छैन ।’

उहाँले अर्थतन्त्रमा देखिएका केही समस्या गम्भीर पनि रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको बताउनु भयो । निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर देशको अर्थतन्त्र र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेका थिए ।