१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

रोनाल्डोले पाए कार उपहार

रोनाल्डोले पाए कार उपहार
अ अ+ अ-

एजेन्सी । पोर्चुगलका ३७ वर्षीय स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिगेजले उनलाई क्रिसमसको अवसरमा एउटा लक्जरी कार उपहार दिएकी छन् ।

यसै महिना म्यानचेस्टर युनाइटेडबाट अलग भएका रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासेरसँग वार्षिक १७०० करोडको सम्झौताका लागि वार्ता गरिरहेको बताइएको छ । रोल्स रोयस श्रृंखलाको फ्यान्तम मोडेलको गाडीको मूल्य नेपाली बजारमा करिब ६ करोड १७ लाख रुपैँयाबाट सुरु हुने गर्दछ ।

हाल परिवारसँग छुट्टी मनाइरहेका रोनाल्डोलाई जर्जिनाले विशेष ब्राण्डको कार (रोल्स रोयस) उपहार दिएकी हुन् । पछिल्ला केही महिनामा रोनाल्डोको लागि अवस्था राम्रो भइरहेको छैन । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हेगसँग उनको सम्बन्ध राम्रो रहेन ।

पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा आफ्नो क्लबको आलोचना गरेपछि उनी फेरि समस्यामा परेर म्यानचेस्टर युनाइटेडले पारस्परिक सहमतिमा उनको सम्झौता समाप्त गर्यो ।

पाँच पटक बालोन डी’ओर अवार्ड जितेका रोनाल्डो विश्वकपमा पोर्चुगलबाट कतार पुगेका थिए । त्यहाँ पनि उनले प्रशिक्षक फर्नान्डो सान्तोससँग बाझिए । प्रशिक्षकले उनलाई दोस्रो हाफमा दुई खेलमा बेन्चमा राखे । पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोको पोर्चुगलको विश्वकप जित्ने सपना फेरि चकनाचुर बन्यो ।