२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गण्डकी सरकारद्वारा प्रहरीलाई गाडी प्रदान

गण्डकी सरकारद्वारा प्रहरीलाई गाडी प्रदान
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गर्नुभएको हो । 

प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियान अन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरलले सरकारको सफलता र असफलताको पहिलो शर्त नै शान्ति सुरक्षा र सुशासन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी दुई कुरामा सरकार निर्भर छ, यदि शान्ति सुरक्षा र सुशासन दिन सक्यौं भने समृद्धि प्राप्ति हुन्छ ।’ यसका लागि प्रहरीले चुस्त दुरुस्त सेवा प्रदान गर्नुपर्ने उहाँको भनाइ छ ।
 
प्रहरीको काँधमा ठूलो जिम्मेवारी रहे पनि त्यस अनुसारको स्रोत साधन उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै प्रदेश सरकार यसमा सम्वेदनशील रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । आफ्नो क्षमता अनुसार प्रदेशले प्रहरीलाई सहयोग गर्दै आएको र यसलाई निरन्तरन्ता दिने उहाँले जनाउनु भयो । प्रहरी जति गतिशील रह्यो, उति नै शान्ति सुरक्षा महसुस हुने भएकाले गतिविधि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । 

प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारी र सुरक्षाकर्मीले प्रवाह गर्ने सेवामा सरकारको सफलता निर्भर हुने भएकाले त्यसै अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक संयन्त्रको सफलता कर्मचारीमा निर्भर हुन्छ ।’ सुरक्षा संयन्त्रका लागि बजेट कम भयो भन्ने गुनासोको सम्बोधन गर्दै उहाँले यसबारेमा आफूले अर्थमन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । 

कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रहरीका भवन बनाउन, सवारी साधन उपलब्ध गराउन, खाट लगायत आवश्यक सामग्रीका लागि सरकारले लगानी गर्दै आएको बताउनुभयो । प्रदेश प्रहरी तालिम केन्द्र, प्रहरी अस्पताल निर्माणका लागि रकम उपलब्ध गराएको उहाँले जानकारी गराउनुभयो । 

प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले अपुग दरबन्दी, सिमित स्रोत साधनबीच पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताउनुभयो । प्रदेशभर ७ हजार ४ सय ९४ दरबन्दी भए पनि ५ हजार ७ सय जना कार्यरत रहेको जानकारी उहाँले गराउनुभयो । प्रहरीको तल्लो तहका युनिटका लागि भवन, गाडी लगायत अन्य सामग्रीको अभाव रहेको उहाँले सुनाउनुभयो । पछिल्लो समयमा अपराधको प्रकृति फेरिएको भन्दै त्यसै अनुसार स्मार्ट पुलिसिङ अवधारणा अनुसार काम गर्न थालिएको उहाँको भनाइ छ । प्रदेश सरकारले प्रदान गरेका गाडी आवश्यकता अनुसार जिल्लामा पठाइने उहाँले जानकारी दिनुभयो ।