९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक भास्कर र भारत समाचारको कार्यालयमा आयकर विभागको छापा



अ+ अ-

एजेन्सी । कोरोनाभाइरस महामारीप्रति सरकारले जनाएको प्रतिक्रियाको आलोचना गरेका दुई वटा मुख्य सञ्चार माध्यहरूको कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ।

अधिकारीहरूले भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाले कर छली गरेको विषयबारे अनुसन्धान गरिहरेको जनाएका छन्।

ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ।

आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमलाको संज्ञा दिएका छन्।

तर भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन्। "निकायहरूले आफ्नो काम गर्छन्। तिनीहरूको सञ्चालनमा हामी हस्तक्षेप गर्दैनौँ," उनले भने।

हिन्दी भाषामा प्रकाशित हुने दैनिक भास्कर पत्रिका भारतमा व्यापक रूपमा पढिने दैनिक मध्यमा पर्छ। कोरोनाभाइरस महामारीकाबीच उक्त पत्रिका र भारत सञ्चारले अक्सिजनको र अस्पतालमा शय्याको अभाव जस्ता विषयमा सरकारले गरेको काम पर्याप्त नरहेको भन्दै समाचार सम्प्रेषण गरेका थिए।

कोरोनाभाइरसका कारण मृत्यु भएको ठानिएका गङ्गा नदीमा तैरिरहेका मृत शरीरबारे पनि ती सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए।
दुवै सञ्चारमाध्यमले सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा नियोजित रूपमा आफूहरूलाई निसाना बनाइएको बताएका छन्।

"छापा हाम्रो आक्रामक रिपोर्टीङ्गको नतिजा हो," दैनिक भास्करका केन्द्रीय सम्पादक ओम गौरले द वासिङ्टन पोस्टसँग कुरा गर्दै भने।

"अन्य केही सञ्चारमाध्यमहरू भन्दा फरक हामीले अक्सिजन र अस्पताल शय्याको अभावका कारण कसरी मानिसहरूले ज्यान गुमाइरहेका छन् भन्ने विषममा समाचार छापेका थियौँ।"