२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु: उपप्रधान तथा अर्थमन्त्री पौडेल

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु: उपप्रधान तथा अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताउनुभयो । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हुन् रु र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ रु भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।”

अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उहाँको भनाइ छ । त्यस्तै, नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उहाँले बताउनुभयो । “अर्थतन्त्रका अघि देखा परेका चुनौतीहरू काबु बाहिर छैनन् । तिनलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु”, पौडेलले भन्नुभयो । सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पूँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने पनि उहाँको भनाइ छ ।

दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उहाँको भनाइ छ । “हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो ।

जिम्मेवारी सम्हाले लगत्तै पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले आफ्नो पहिलो निर्णयका रूपमा अर्थमन्त्रालय र अन्तर्गतका निकायको कार्यसञ्चालन व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो ।

“अर्थमन्त्रालयअन्तर्गतका सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा गर्नेसम्बन्धी निर्णय भएको छ”, अर्थसचिव कृष्णहरी पुष्करले भन्नुभयो ।

पौडेलको उपप्रधानमन्त्रीका रूपमा दोस्रो र अर्थमन्त्रीका रूपमा यो तेस्रो कार्यकाल हो । पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपाकिा ८, रुपन्देही रहेको छ भने हाल ललितपुरमा बस्दै आउनुभएको छ । बाबु देवीलाल पौडेल र आमा रेवती पौडेलको छोराका रूपमा उहाँको जन्म २०१६ मङ्सिर १५ गते स्याङजा भएको थियो । उहाँको श्रीमती दोमाया पौडेल र एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ रुपन्देही –२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी (माले) को सदस्य भएर २०३५ साल असोजमा राजनीतिमा प्रवेश गर्नुभएका उहाँले २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गर्नुभएको थियो । विसं २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य भएर २०४७ र २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गर्नुभयो । उहाँले २०६५ सालमा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा नेकपाको महासचिवको जिम्मेवारी लिएर काम गर्नुभएको थियो ।

उहाँले संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति (२०७०) काम गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले युवा खेलकुद तथा संस्कृतिमन्त्री (२०५३), जलस्रोतमन्त्री (२०६५), रक्षामन्त्री (२०६०), अर्थमन्त्री (२०७२) भएर काम गर्नुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ शिक्षक हुनुहुन्थ्यो । उहाँको अर्थ र विकासमा विशेष रुचि रहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले राजनीतिक घटनाक्रमका क्रममा २०३५ देखि २०४६ सम्म भूमिगत जीवन बिताउनुभयो । उहाँले २०३७ मा तीन वर्ष जेल र रु तीन हजार जरिवाना गरिएको थियो । उहाँले ४५ दिनमै जेल विद्रोह गर्नुभएको थियो ।

एमालेका प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ । रासस