५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्छुः अर्थमन्त्री पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताउनु भएको छ ।

सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकावालाहरु सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले चुनौतिपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्तित नलिन आग्रह गर्नुभयो ।

उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरु केके हुन र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारहरुसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा पूरा गर्ने बताउनु भयो । उहाँले अर्थलाई सबल बनाउन मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि रचनात्मक सल्लाह सुझाव दिनको लागि सबैसँग आग्रह समेत गर्नुभयो । उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्र अहिले संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नको लागि हामीले धेरै मेहेनत गर्नुपर्छ । विश्वका अनुभवहरु नेपालमा विगतमा गरिएका अनुभवहरुका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

अर्थ क्षेत्रका सबै विज्ञहरु र जानकारहरुको समेत राय र सुझावलाई संगठित गर्दै अर्थतन्त्रका आजका चुनौतिहरु के हुन चुनौति सिर्जना हुुनुका कारणहरु केके हुन् । त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरु केके हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारहरुसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छुु ।

विग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु । सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्य सम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीहरु कामु भन्दा बाहिर छैनन । चुनौतिहरुलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विश्वस्त हुँदै अर्थ मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि रचनात्मक सल्लाह सुझाव दिनको लागि सबैसँग आग्रह गर्न चाहन्छु ।

सञ्चार जगतले पनि कमिकमजोरीहरुको विषयमा पनि लेखिदिनु होला । सञ्चार तथा अर्थ क्षेत्रका जानकार लगायत सबैसँग मिलेर अर्थतन्त्रलाई सबल बनाउनेछु । म मितव्यीतामा जोड दिन चाहन्छु । चालु खर्च कम गर्ने र पुँजीगत खर्च वृद्धि गर्नेतर्फ ध्यान जानेछ । वित्तिय क्षेत्रमा देखिएका समस्या समाधानको लागि काम गर्न तयार छु ।’

अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।