• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

मुलुकको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्छुः अर्थमन्त्री पौडेल



फाईल फोटो

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताउनु भएको छ ।

सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकावालाहरु सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले चुनौतिपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्तित नलिन आग्रह गर्नुभयो ।

उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरु केके हुन र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारहरुसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा पूरा गर्ने बताउनु भयो । उहाँले अर्थलाई सबल बनाउन मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि रचनात्मक सल्लाह सुझाव दिनको लागि सबैसँग आग्रह समेत गर्नुभयो । उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्र अहिले संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नको लागि हामीले धेरै मेहेनत गर्नुपर्छ । विश्वका अनुभवहरु नेपालमा विगतमा गरिएका अनुभवहरुका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

अर्थ क्षेत्रका सबै विज्ञहरु र जानकारहरुको समेत राय र सुझावलाई संगठित गर्दै अर्थतन्त्रका आजका चुनौतिहरु के हुन चुनौति सिर्जना हुुनुका कारणहरु केके हुन् । त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरु केके हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारहरुसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छुु ।

विग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु । सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्य सम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीहरु कामु भन्दा बाहिर छैनन । चुनौतिहरुलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विश्वस्त हुँदै अर्थ मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि रचनात्मक सल्लाह सुझाव दिनको लागि सबैसँग आग्रह गर्न चाहन्छु ।

सञ्चार जगतले पनि कमिकमजोरीहरुको विषयमा पनि लेखिदिनु होला । सञ्चार तथा अर्थ क्षेत्रका जानकार लगायत सबैसँग मिलेर अर्थतन्त्रलाई सबल बनाउनेछु । म मितव्यीतामा जोड दिन चाहन्छु । चालु खर्च कम गर्ने र पुँजीगत खर्च वृद्धि गर्नेतर्फ ध्यान जानेछ । वित्तिय क्षेत्रमा देखिएका समस्या समाधानको लागि काम गर्न तयार छु ।’

अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।