२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडामा निर्वाचन बहिष्कार गर्ने उम्मेदवारको चेतवानी

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडामा निर्वाचन बहिष्कार गर्ने उम्मेदवारको चेतवानी
अ अ+ अ-

क्यानाडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको सन् २०२१(२०२३ का लागि 'बोर्ड मेम्बर’ तथा नयां नेतृत्वका लागि हुन् लागेको निर्वाचन धाँधलीपूर्ण हुन् लागेको भन्दै उम्मेदवारले नै चुनाव बहिष्कार गर्ने बताएका छन् ।

निर्वाचनमा उम्मेदवारसँग कुनै सल्लाह नगरीकन तथा निर्वाचन अधिकारीले सबै भोटरहरुलाई पायक पर्ने ठाउँ छनोट नगरि उम्मेदवारहरुको रायबिना नै एकलौटी रुपमा ठाउँ छनोट गरेको भन्दै चुनाव बहिष्कार गर्ने बताएका हुन् ।

बोर्ड मेम्बरका उम्मेदवार क्रमश  कृष्ण रेग्मी, भुवन  खरेल   मधु शरण पाण्डे लगायतका अन्य उम्मेदवारहरुले अनलाइन भोटिङको व्यवस्था भए निर्वाचनमा भाग लिने अन्यथा निर्वाचन बहिष्कार गर्नुका साथै चुनावको अवरोध गर्ने समेत चेतावनी दिएका छन् ।

उनीहरुले एड्मन्टन शहर सँग जोडिएका शाखा शहरहरु १००(२०० किमी दुरिमा रहेका मतदातालाई मतदान गर्न पाउने अधिकारबाट बन्चित हुन नपर्ने तथा कोरोना संक्रमण भएका मतदातालाई समेत मतदान गर्न पाउने अधिकारबाट बन्चित हुन नपर्ने भन्दै अनलाइन भोटिङको व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।  

उनीहरुले निर्वाचन बहिष्कार गर्ने भन्दै निर्वाचन अधिकारीलाई पत्रसमेत लेखेका छन् ।

यस्तो छ पत्र:
श्रीमान निर्वाचन अधिकारीज्यू
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडा
बिषयस् अनलाईन भोटिङ सम्बन्धमा

उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० क्यानाडाको सन् २०२१-२०२३ का लागि 'बोर्ड मेम्बर’ तथा नयां नेतृत्वका लागि हुन् लागेको निर्वाचनमा उम्मेदवारसँग कुनै सल्लाह नगरीकन तथा निर्वाचन अधिकारीले सबै भोटरहरुलाई पायक पर्ने ठाउँ छनोट नगरि उम्मेदवारहरुको रायबिना नै एकलौटी रुपमा ठाउँ छनोट गरेकोमा हाम्रो घोर आपत्ति रहेको छ ।

सम्भावित उम्मेदवारहरु ५ जनाको आवेदन परेको गैरआवसीय नेपाली संघ (एनआरएनए) क्यानडाको एड्मन्टन निर्वाचन क्षेत्रमा निर्वाचन नै सबैको साझा नदेखीएकोले सम्पूर्ण मतदाताहरुलाई भोट दिन पाउने अधिकारबाट बन्चित गराउने बदनियत देखिएकाले यो निर्वाचन धाँधलीतिर धकेलिएको हुँदा यस निर्वाचन क्षेत्रमा अनलाइन भोटिङ भएमात्र निर्वाचन निष्पक्ष हुने देखिएकाले अनलाइन भोटिङ गराइ पाउँ भन्दै यो निवेदन पेश गरेका छौ  ।

एड्मन्टन निर्वाचन अधिकारीले उम्मेदवारहरु ५ जनाको राय तथा सल्लाह केही नलिइकन गरेका निर्णयहरु मान्य छैन । मेरो एकमात्र माग निष्पक्ष निर्वाचनका लागि अनलाइन भोटिङ मात्र उपयुक्त माध्यम भएकाले अनलाइन भोटिङ गराए मात्र निर्वाचनमा भाग लिनेछौ अन्यथा यो निर्वाचन बहिष्कार र अवरोध गर्ने व्यहोरा जानकारी गराउछौ ।

निम्न कारणहरुले गर्दा अनलाइन भोटिङमा जान निवेदन पेश गरेका छौ :
 
१) अल्बेर्टा सरकारद्वारा जारी निश्चित मापदण्डसहितको अल्बेर्टा हेल्थ रेगुलेशन भित्र इनप्रशन भोटिङ नपर्ने ।

२)  इनप्रशन भोटिङ गर्दा सरकारद्वारा जारी निश्चित मापदण्ड उल्लङ्घन भएको अवस्थामा के गर्ने,जवाफदेही को बन्ने ?

३) एड्मन्टन शहर सँग जोडिएका शाखा शहरहरु १००-२०० किमी दुरिमा रहेका मतदातालाई मतदान गर्न पाउने अधिकारबाट बन्चित हुन नपर्ने 

४) कोरोना संक्रमण भएका मतदातालाई समेत मतदान गर्न पाउने अधिकारबाट बन्चित हुन नपर्ने ।

५)  निष्पक्ष निर्वाचनका लागि ।