१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो…

प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो…
अ अ+ अ-

काठमाडौँ । नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो ।

यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक माहोल खडा भयो । पद तथा गोपनीयताको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्रीले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर सहभागी हुने चर्चा आज बिहानदेखि चलेको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले नै सो विषयलाई बाहिर प्रचारमा ल्याएको थियो ।

बिहानदेखिको चर्चालाई सही साबित गर्दै प्रधानमन्त्री दाहाल आज तेस्रोपटक पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभयो ।

यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उहाँले दौरा सुरुवाल लगाउनुभएको थिएन । समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने अध्यक्ष दाहालले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाउनुभएको पोसाकको पनि राम्रै चर्चा परिचर्चा भएको छ ।

नेपाल बहुसांस्कृतिक एवं बहुभाषिक विविधतासहितको देश हो । हरेक जातजातिका आ–आफ्नै वेशभूषा र पहिरन रहेको छ । त्यसले आ–आफ्नो विविधतासहितको परिचय दिएको छ । प्रधानमन्त्री दाहालले पनि यसअघिका प्रधामनन्त्रीले जस्तै दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएर नयाँपनको सुरुआत गर्नुभएको छ ।

यसअघि सामान्यतया सार्वजनिक समारोहमा दौरा सुरुवाल नलगाउनुभएका प्रधानमन्त्रीले यसपटक पोसाक प्रयोगमा पनि नयाँपन दिनुभएको छ । प्रधानमन्त्रीले मात्रै नभई उपप्रधानमन्त्रीत्रयले पनि पद तथा गोपनीयताको शपथ लिँदा सोही पोसाक लगाउनुभएको थियो ।

दौरा सुरुवाल नेपाल र भारतको सिक्किम, दार्जिलिङ आदि क्षेत्रमा प्रख्यात र प्रचलित पोसाकका रूपमा रहेको छ । दौरा लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ । सदियौँदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोसाक । त्यसमाथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने प्रचलन छ ।

विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेको देखिन्छ । कैयौँ मल्लकालीन मूर्तिमा पनि यो पोसाक देखिन्छ । ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधकद्रापी शब्द उल्लेख छ । यसलाई भाषाका जानकारहरूले ‘लबेदासरहको’ भन्ने अर्थमा व्याख्या गरेका छन् ।

सोही द्रापीबाट दौरा भएको मानिन्छ । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँध्ने गरी व्यवस्था मिलाइएको हुन्छ । दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर त्यसलाई सिइएको हुन्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ ।

हालै मात्र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दौरा सुरुवाल नै लगाउन भनिएको थियो । काठमाडौँको जयबागेश्वरीमा दौरा सुरुवालको पसल चलाउँदै आउनुभएका केशव भट्टराई राज्यका तर्फबाट नै राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि थप अभियान चलाउनुपर्ने बताउनुहुन्छ ।

उहाँका अनुसार चाडबाडको समय, दसैँ, तिहार र विवाह व्रतबन्धको समयमा बढी चासो र कारोबार हुने दौरा सुरुवालप्रति नेताहरूको लगाव बढ्दै जानुलाई सकारात्मकरूपमा नै लिनुपर्छ । राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि नेपाली सबैको सार्थक पहल हुनुपर्ने भट्टराईको भनाइ छ । लगाउन सजिलो तथा जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिने भएकाले दौरा सुरुवालको आफ्नै महत्त्व र विशेषता छ । रमेश लम्साल/रासस