काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रहलाई ध्यानमा राख्दै आफूले राजीनामा फिर्ता लिएको बताएका हुन् ।
रावलले साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिनुभन्दा अगाडि राजीनामा दिएका थिए ।
रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । केहीबेरमै संसद बैठक सुरु हुँदैछ ।
यो पनि पढ्नुस्ः भीम रावलद्वारा सांसद पदबाट राजीनामा (भिडियोसहित)