१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दौरा सुरूवालमा दाहाल



अ+ अ-

काठमाडौं । दौरा सुरूवाल लगाएर नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिनुभएको हो । दाहालले पहिलो पटक दौरा सुरूवाल लगाउनु भएको हो ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा सपथ लिनुभएको थियो ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले दौरा सुरूवाललाई राष्ट्रिय पोशाक तोक्न माग गर्दे आएको छ । अभियानका संयोजक राजानन्द माण्डव्यले आफुहरुको अभियान सफलता तर्फ उन्मुख भएको बताउनु भयो ।