• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

बालुवाटारको लागि महँगो र भड्किला सामान नकिन्न प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको लागि आवश्यक पर्ने सामानहरु खरिदमा मितव्ययिता अपनाउन निर्देशन दिनुभएको छ ।

आइतबार नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा महँगो र भड्किला सामान नकिन्न आफ्नो सचिवालयलाई निर्देशन दिनुभएको हो ।

व्यवस्था बदलेको तर, अवस्था बदल्नको लागि आफू प्रधानमन्त्री हुनुपर्ने बताउँदै आउनुभएका प्रचण्डले महँगो र भड्किला सामान नकिन्न निर्देशन दिनुभएको हो । यसअघि प्रधानमन्त्री बन्दा महँगो खाट किनेको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो ।