१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने
अ अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसमेत नयाँ सरकारमा सहभागी नहुने भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सरकारमा नजाने बताएको थियो ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाउँदै सरकारमा सहभागी नभई बाहिरैबाट समर्थन गर्ने जनाएको हो ।

पार्टी अध्यक्ष रञ्जिता चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको भए पनि सरकारमा जाने कुरा तत्काल नसोचेको र अहिले नै सरकारमा नजाने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले उहाँको नेतृत्वको सरकारलाई समर्थन गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।

सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न पार्टीका संस्थापक रेशम चौधरीले शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाउनुभएको थियो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नयाँ सत्ता गठबन्धनको बैठक बसिरहँदा नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहभागी थिएनन् ।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका ३ सांसद छन् ।