• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राप्रपा सत्ताबाहिर बसेर सरकारलाई समर्थन गर्ने, सरकारमा नजाने



काठमाडौँ । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । प्रतिनिधिसभामा पाँचौँ ठूलो दल राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाटै समर्थन गर्ने भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सत्ता गठबन्धनको बसेको बैठकबाट बाहिरिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागनी नहुने जानकारी दिनुभयो ।

राप्रपा सरकारमा नजाने भएसँगै अब सत्ता गठबन्धनमा नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मात्र सरकारमा सहभागी हुनेछन् ।