३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन



अ+ अ-

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । 

नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । उक्त संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने काम गर्ने भएको छ । 

नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह नियुक्ती भएका छन् । उहाँ यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । 
प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन हुनुभएको छ भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । 

स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन हुनुभएको छ भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त हुनुभएको छ । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहनु भएको छ भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल हुनुहुन्छ । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।