१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरअघि सुरु भएको सत्तारूढ गठबन्धनको बैठकमा नयाँ सरकारको मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारमा सहभागी दलका शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।

आइतबार मुलुकको नयाँ प्रधानमन्त्रीको रूपमा प्रचण्ड नियुक्त भएका छन् । आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका प्रचण्डको नेतृत्वमा सानो मन्त्रिमण्डल तयार गर्नका लागि सरकारमा सहभागी दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।