२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशको प्रश्नः सत्तामा रहँदा विधि पालना नगर्ने अहिले जनादेशको होइन परमादेशको सरकार भन्ने ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहँदा विधिको पालना नगरेको आरोप लगाउँदै अहिले प्रधानमन्त्री शेर बहादुर देउवालाई जनादेशबाट होइन परमादेशबाट प्रधानमन्त्री नियुक्त भएको भन्ने कुरामा आपत्ति जनाउनुभएको छ । 

प्रतिनिधिसभामा प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिँदै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, "पौष ५ गते हाउस विघटन भयो, अहिले भन्छ के भने फेरि दोस्रोपटक जेठ ८ मा पनि गरियो, र अहिले पनि यो सत्तामा बस्दाखेरि कार्यपालिकाको नेतृत्व गर्दाखेरी कार्यपालिकाले अपनाउनुपर्ने विधि नियमहरुलाई पालन नगर्ने, अनि अहिले आएर जनताको जनादेश होइन कि परमादेशबाट प्रधानमन्त्री भयो भनेर कराएर अब के पाउनुहुन्छ उहाँ ।" 

उहाँले अगाडी भन्नुभयो, "किनभने के ७६(५) बाट हाम्रा पार्टी सभापति उहाँ चाही प्रधानमन्त्री नियुक्त हुनुभएको छ, र संविधानको मर्म अनुरुप आज यो संसदबाट उहाँ निर्वाचित हुनुभएको छ । आफूले विधि मिच्ने अनि जवरजस्ती रुपमा चुनावमा लैजान खोज्ने ।"