५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपमानित भएर पोखरा आएको हुँ– गगन थापा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपमानित भएर आफू पोखरा आएको बताउनुभएको छ ।

पोखरामा जारी लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ विषयक बहसमा सहभागी हुनुभएका थापालाई मोडरेटर बसन्त बस्नेतले ‘तपाईं हारेर आएको कि जितेर आएको’ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “म अपमानित भएर आएको हुँ ।”

महामन्त्री थापाले सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि उहाँले कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको बताउनुभयो ।

संसदीय समितिमा दलको नेताबाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको बताउँदै उहाँले भन्नुभयो, “बिहान ६ बजेदेखि सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुँ ।”

पार्टी कार्यालयमा कुनै छलफल नभएको र घरमा नबोलाई जान नमिलेको भन्दै उहाँले अपमानित भएर पोखरा आएको टिप्पणी गर्नुभयो । हारजितको प्रकरण सकिएकाले कांग्रेसलाई फेरि उठाउने उहाँको भनाइ थियो ।