२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपमानित भएर पोखरा आएको हुँ– गगन थापा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपमानित भएर आफू पोखरा आएको बताउनुभएको छ ।

पोखरामा जारी लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ विषयक बहसमा सहभागी हुनुभएका थापालाई मोडरेटर बसन्त बस्नेतले ‘तपाईं हारेर आएको कि जितेर आएको’ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “म अपमानित भएर आएको हुँ ।”

महामन्त्री थापाले सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि उहाँले कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको बताउनुभयो ।

संसदीय समितिमा दलको नेताबाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको बताउँदै उहाँले भन्नुभयो, “बिहान ६ बजेदेखि सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुँ ।”

पार्टी कार्यालयमा कुनै छलफल नभएको र घरमा नबोलाई जान नमिलेको भन्दै उहाँले अपमानित भएर पोखरा आएको टिप्पणी गर्नुभयो । हारजितको प्रकरण सकिएकाले कांग्रेसलाई फेरि उठाउने उहाँको भनाइ थियो ।