६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग

मेसिनको आवाज

मेसिनको आवाज
अ+ अ-

दुवईको एउटा होटलबाट  नाइट ड्युटी सकेर विहान डेरामा फर्केपछि अर्जुनले अल्कालाई धेरैचोटी फोन गर्दा पनि नउठाएपछि उसलाई क्रोध र शंकाको सर्पले डस्दै जान्छ । डाहाले यति छटपटिन्छ कि मानौ सर्पको विष उसको शरीरभरी फैलिएको छ ।

आखिर अल्काले फोन किन उठाइन ? कता उ ब्यस्त भई ? यतिखेर उ लुगा  सिउने मेशिन चलाइरहेकी हुन्थी । के उसलाई यो बेला मेरो फोन आउँछ भनेर थाहा छँदै छनि  । कता गर्ई त ? के केटा साथी सँग फिलिम हेर्न गइ कि । यो सोच्दा उसको दिमागलाई कोेदालिले खनेकोे जस्तो लाग्छ । उ नभएपछि अल्का वेललगाम घोडा जस्तै  भई होलि नि । कसको डर ? के कोे लाज? यसको अनुपस्थितिमा अल्काले स्वतन्त्र भएर वेपर्वाह जीन्दगी विताइरहेकी होली ।

विकृत मानसिकता र नकारात्मक सोचले उसको मुटुमा चस्का पस्दै जान्छ । अल्काले मेसिन चलाएको र वाहिर गएको प्रमाण स्वरुप उसले जहिले पनि फोन गर्दा मेसिन चलाएको आवाज सुनेपछि बल्ल फोन बन्द गथ्र्यो ढुक्क भएर । आज कति पटक फोन गर्दा पनि अल्काले फोन नउठाए पछि उसको मथिङ्गल घुम्न थाल्छ, जाँतो झै ।

ऋणधन गरेर श्रीमतीले आफ्नो गर–गहना विक्री गरेर उसैकोे सरसल्लाह, सहयोग ढाडस पाएर दुई वर्ष अघि उ दुवई गएको थियो । होटलमा किचेन हेल्पर काम गरेर कमाएको पैसाले श्रीमतीले जोरपाटिको गाउँमा सानो टुक्रा जग्गा किनेकी थिई । अर्जुनको सपना थियो आफ्नो देशमा फर्केपछि किनेको जग्गामा घर बनाउने, केही व्यवसाय गर्ने र स्वदेश मै बस्ने योजना थियो । सो जग्गा अल्काले आफ्नै नाउँमा पास गरेकी थिई ।

आज फोन नउठाउँदा अर्जुनको मनमा अल्का प्रति शंकाको तिखो काँडा रोपिंदै गयो । उसले सोच्यो ५ वर्षको सानो छोरालाई आफ्नी आमाको जिम्मा लगाई अर्कै केटासंग पोेइल जान के बेर भयोे र ? कुवेतमा गएको उसको साथीले कति दुःखले कमाएको पैसा श्रीमतीलाई पठाउँथ्यो । शहरमा राम्रो घर पनि ठड्याइसकेको थियो । श्रीमतीले उसलाई नाङ्गै बानाएर अर्कैै केटासंंग विवाह गरेको घटना उसको मनमा ताजै थियो । यस्तै–यस्तै अरु घटना सुनेकाले उसको मनलाई सँधै डरले कम्पित गथ्र्यो । अल्कालाई  मायाँ गर्दा गर्दै पनि वेला वेला उ भित्र अविश्वासको डढेलो लाग्थ्यो । त्यसैले श्रीमतीलाई पैसा पठाउँदा सँधै भगवानसँग प्रार्थना गर्दै भन्थ्यो “हे भगवान ! यो पैसा सुरक्षित होस्, श्रीमती कसैसँग नभागोस् ।”

श्रीमतीप्रति यस्तै फोहर विचारहरु वग्न थाल्छ, अर्जुनको मनमा । फेरि फोन गर्छ । यसपाली अल्काले फोन उठाउँछे । अर्जुनको गर्जना गर्जिन्छ “अहिलेसम्म किन फोन नउठाएकी ? कति पटक गरिसकें । कहाँ गएकी थिइस् ? यो समयमा मेरो फोन आउँछ भन्ने थाहा छैन ? फोन नउठाउँदा मलाई पर्नु पीर पर्यो ।”

सँधै एकैनास हुन्छ र ? कहिले विरामी भइन्छ, कहिले सामान लिन बाहिर जानुपर्छ, छोरा विरामी भएर अस्पताल गएकी थिएँ । कसरी फोन उठाउँ ? झर्किन्छे अल्का ।

खै मेसिनको आवाज सुनाउ । मलाई विश्वास छैन तिम्रो कुरा । अर्जुन अत्तो थाप्छ । अल्काले सोच्छे लोग्ने त साह्रो ज्याद्रो भएछ । उ पनि कुर्लन्छे “के म माथि विश्वास छैन ? जहिले पनि मेसिनकोे आवाज सुन्नुपर्ने ! के म केटासंग घुम्न गएको भनेर शंका गरेको? म जस्ती इमानदार सोझी स्वास्नीमाथि शंका गर्नु त तपाईलाई पापै लाग्छ । तपाइले सुन्नुभएको छ ? पन्ध्र दिन अगाडि कुवेतमा गएको एउटा केटाले फोन गर्दा धेरै दिनसम्म नउठाएपछि स्वास्नीमाथि नानाभाँती शंका गरेर कुवेतदेखि यहाँ आउँदा स्वास्नी मोटर दुर्घटनामा परी अस्पतालमा कोमामा रहेको देखेपछि पश्चातापले अहिले कुवेत नफर्की स्वास्नीको सेवा टहलमा जीवन विताइरहेछ ” यस्तै होला तपाईको अवस्था पनि । बुझ्नुभयो ? अति अनविश्वास गर्नु हुदैन के । उसले च्याँठ्ठिएर मोवाईल स्वीचअफ गर्छे ।

अर्जुनको आक्रोस पुरुषदम्भ शंकाको लस्कर एकाएक थामिन्छ । कतिपल्ट फोनगर्दा पनि अलकाले उठाउँदिन । अर्जुनलाई श्रीमतीको धम्कीले वेचैन बनाउँछ । धेरै दिनसम्म फोन गर्दापनि अल्का बोल्दिन तर फोन उठाएर मेसिनको आवाज मात्र सुनाउँछे । अर्जुनले फोनबाट चिच्याइरहन्छ “अल्का फोन उठाउ ! अल्का फोन उठाउ! प्लिज नरिसाउ न । अल्काले सोच्छे किन मेरो स्वर सुन्नु पर्यो अर्जुनलाई ।

मेसिनको आवाजमाथि पो विश्वास रहेछ उसको । कति दुःखले सिलाइ बुनाइ गरेर शहरमा एक्लै एउटा वालख छोरासंग जीवन  विताइरहेकी छु । लोग्नेले पठाएको पैसा एक–एक जम्मा गरेकी छु ।

अझ लोग्नेले मलाई चियो गर्ने । म भएको नभएको मेसिनको आवाज सुनेर ढुक्क हुने । कस्तो अनविश्वासी र वेवकुफ लोेग्ने । मलाई के ठानेको होला उसले? उ आफैले पनि त कमाइ गर्दै छे । अव फोन पनि नउठाउने वोल्दापनि नवोल्ने मात्र मेसिनको आवाज सुनाउने । यहि सोच्छे ।

दिनहुँ अर्जुृनले फोन गर्ने र अल्काले मेसिनको आवाज मात्र सुनाउने गर्दा अर्जुनलाई हुन सम्म भयो । एक दिन भर्भराउँदो स्वरमा अर्जुनले अनुनय गर्छ “अल्का ! मलाई अव धेरै सजाय नदेउ । बोल तिमी बोल । मलाई अव मेसिनकोे आवाज सुन्न मन छैन । भयो भयो अति भयो । मलाई माफ गर । अव तिम्रो  मायालु आवाज सुन्न मन छ । यदि तिमीले फोन उठाउँदिनौ भने म दुईचार दिनमा आइहाल्छु त्यहाँ । अल्का भन्छे “मन मनै हाँसेर ल ल बोल्दै छु म । पुग्यो मेसिनको आवाज सुन्न? म प्रतिको तपाईको मनमा उब्जेको शंकाको पहाड ढल्यो ?

फोन बाट अर्जुनको खित्का सुनिन्छ । मायालु स्वरमा भन्छ “मेरी सानु ! अवदेखि मलाई मेसिनको आवाज नसुनाउ हे ।”