• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बुटवल इप्रकाका डीएसपी पक्राउ, ३५ तोला सुनसहित २५ लाख नगद बरामद



रुपन्देही । सीआईबीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई नियन्त्रणमा लिएको छ । अवैध कारोबार गरेको आशंकामा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर केसी आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले यस बिषयमा छानबिन सुरु गरेको थियो।

डिएसपी केसीले व्यापारीसँग सुन नियन्त्रणमा लिई उल्टो २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि सुन आफैँले राखेको बताईएको छ ।

प्रहरीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।