२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

राज्यका निकायको शक्ति सन्तुलन बिग्रीयो ,दलिय अनुशासन कुन कुन दलको लागि मात्र हो: नेम्वाङ

राज्यका निकायको शक्ति सन्तुलन बिग्रीयो ,दलिय अनुशासन कुन कुन दलको लागि मात्र हो: नेम्वाङ
अ अ+ अ-

 काठमाडौ  । नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलिन पुगेको बताउनुभएको छ । 
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपनेता नेम्वाङले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिनुले राज्यका अंगहरु बीचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्र्तगत नभएकाले राज्यका अंगहरुबीचको सन्तुलन गुमेको बताउनुभएको हो ।

अदालतको फैसलाले संविधानको अक्षर, बहुदलीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर तुल्याएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले भनेका छौँ सर्वोच्च अदालतले संविधानको अक्षर, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, शक्तिपृथकिकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्त, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभुत प्रस्तावना । यो मुलभुत कुराहरुमा आउने दिनहरुले निर्धारित गर्नेछन्, यसमा सम्मानीत सर्वोच्च अदालतको फैसलाले त्यसलाई कमजोर तुल्याएको छ ।

सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित हुन्छ । यो लोकतन्त्रको मुख्य विशेषता हो । निर्वाचनमार्फत् जनताका प्रतिनिधिहरु चयन हुन्छन् । त्यसले मुलुकको शासन व्यवस्था सञ्चालन गर्छ । तर ताजा जनादेशमा जाने कुरा हामी त्यसलाई निरंकुश भन्नु हुँदैन । ताजा जनादेशमा जानेकुरा, जनताको बिचमा जानेकुरा हो । नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम सबै अंगविच समन्वय हुन सक्नुपर्छ । सन्तुलन हुन सक्नुपर्छ । राज्यका यी तिन अंगहरुको बिचमा सर्वोच्च अदालतको यो फैसलाबाट कताकता सन्तुलन अलि खल्बल्लिन पुगेको छ कि भन्ने हाम्रो बुझाई छ ।’

उहाँले वर्तमान सरकार जनादेशबाट नभई परमादेश बाट आएको बताउनुभयो । प्रधानमन्त्री देउवाले यसअघि आफुलाई सरकारमा जाने जनादेश नभएकाले सरकारमा जाँदैनौँ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै नेम्वाङले अहिले प्रधानमन्त्री बन्न कसरी जनादेश आयो भन्ने प्रश्न पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकार गठनको प्रसंगमा हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन् । त्यसकारणले म सरकारमा जानेवाला छैन भनेको । अहिले त बधाई दिनुपर्ने पो अवस्था आयो । यो कहिले जनादेश प्राप्त भएछ थाहा छैन । तर म त बधाई दिनका लागि उभिएको छु । खाली मैले उहाँको कोट मात्रै गरेको हो । म भन्दै थिएँ सभामुख महोदय, यसरी संविधानले एउटा त निर्वाचनमार्फत् प्रधानमन्त्री आउँछ,  सोचेको छ । निर्वाचित प्रतिनिधिहरु रहेको संसदबाट देशले प्रधानमन्त्री पाउँछ । यो पहिलो पटक हो सभामुख महोदय, संसदबाट होईन, जनताको जनादेशबाट होईन, तर सम्मानीत सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ ।’

उहाँले आगमी दिनमा देशमा कस्तो प्रणाली बसाउने भन्नेमा ध्यान दिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । उहाँले आफुहरु जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्ने पनि बताउनुभयो । आफुहरुले प्रत्येक मन्त्रालयको अनुगमन गर्ने र सरकारले के गरिरहेको छ हेर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो यहाँलाई जिम्मेवार प्रतिपक्षको रुपमा हामी बेठिक कुरालाई बेठिक भन्छौँ । तर जिम्मेवारीपूर्वक अगाडी बढ्छौँ । गलत कुरालाई गलत भन्छौँ ।

यो जिम्मेवार प्रतिपक्षले तपाईलाई, तपाईको सरकारलाई सहयोग गर्छ । हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौ । सरकार कहिले, के, कसो गरिराखेको छ त्यो सबैकुरा हामी हेर्छौ । र हामी तपाईलाई र तपाईको सरकारलाई गतल ठाउँमा गलत भन्दै टिप्पणी गर्दै हामी तपाईलाई सहयोग पु¥याउँछौँ । प्रष्ट भन्छौँ पार्टीगत रुपमा तपाईसँग, तपाईको पार्टीसँग हाम्रो सहयोग रहन्छ । तपाईसँग त्यही रुपको हार्दिक सम्बन्ध रहन्छ । तर एउटा कल्चर स्थापित गर्न हामी सधैँ लागेका छौँ हामी तपाईको पार्टीसँग तपाईमार्फत् सम्बन्ध विस्तार गर्छौ । तपाईका पार्टी भित्रका कोही मित्रहरुसँग छुट्टै गठबन्धन बनाउँदैनौँ । यो बेठिक हो, यो असंसदीय हो, यो संविधान विपरित हो । यो अलोकतान्त्रिक हो । हामी जान्दछौँ भनेर भन्दाभन्दै पनि तपाईहरुले उहिलेदेखि हामीसँग सहकार्य गरिरहँदा जहिल्यैपनि यी कम्युनिष्टहरु यो लोकतान्त्रिक मूल्य र मान्यतामा जान्दैनन् भनेर तपाईहरु पटक पटक हामीलाई सम्झाउने गरेको मलाई सम्झना छ । त्यसैभित्र यो पर्छ । त्यसतिर प्रधानमन्त्रीज्यू तपाईको ध्यानाकर्षण गराउन चाहान्छु ।’

उहाँले विश्वासको मत दिने सम्बन्धमा नेपाली कांग्रेस लगायतका दलमा चाहीँ ह्वीप लाग्ने तर नेकपा(एमाले)लाई ह्वीप नलाग्ने अवस्था बनाइएको भन्दै कांग्रेसलाई अनुशासन लाग्ने आफुहरुलाई नलाग्ने भनेर प्रश्न गर्नुभयो । नेम्वाङले सरकारलाई छिट्टै पूर्णता दिनुपर्ने भन्दै विगतका सरकारले गरेका कामहरुलाई निरन्तरता दिन समेत प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।