२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सुचारु हुने



अ+ अ-

काठमाडौं । शनिबार(भोलि) देखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले शुक्रबार आदेश जारी गरेर निर्णय गरेको हो ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ । 

उपत्यकामा साउन लागेसँगै बढेको भाइरस संक्रमणलाई मध्यनजर गर्दै १० गते नै बस्ने उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने भएको छ । काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ ।