२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सुचारु हुने



अ+ अ-

काठमाडौं । शनिबार(भोलि) देखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले शुक्रबार आदेश जारी गरेर निर्णय गरेको हो ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ । 

उपत्यकामा साउन लागेसँगै बढेको भाइरस संक्रमणलाई मध्यनजर गर्दै १० गते नै बस्ने उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने भएको छ । काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ ।