२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

डुबानको समस्या बढ्दै

डुबानको समस्या बढ्दै
अ अ+ अ-

सुदूरपश्चिम । बढ्दो शहरीकरणसँगै धनगढी बजार क्षेत्रका अधिकांश वडा सामान्य वर्षामा पनि डुबानमा पर्ने समस्या बढ्दै गएको छ । पानी निकासको उचित योजना बिना आफूखुशी संरचना निर्माण हुँदै जाँदा डुबानको समस्या बढ्दै गएको हो । यसबाहेक बजार क्षेत्र हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने साना ठूला खोलाको जग्गा मिचेर संरचना निर्माण गर्ने प्रवृत्ति देखिँदा पनि डुबानको समस्या बढ्दो छ । विगतमा खोलाको जग्गा मिचेर व्यक्तिका नाममा दर्ता गरिएका कारण खोलाको प्राकृतिक मार्गमा अवरोध पुग्दा पनि अहिले डुबान हुने गरेको स्थानीयवासीको भनाइ छ ।
  
खासगरी उपमहानगरपालिकाका बजार क्षेत्रका वडा नं १, २, ३, ४, ५, ७ र ८ का अधिकांश बस्तीमा डुबानको समस्या छ । “खोलाको प्राकृतिक मार्ग मिच्ने प्रवृत्ति बढ्दा पनि यसलाई रोक्न कसैको पहल नहुँदा अहिले डुबानको समस्या देखियो”, स्थानीयवासी भवानी भट्टले भन्नुभयो, “अग्लो भूभागमा जग्गा रहेकाले समेत पानीको निकासको व्यवस्था बिना आफूखुशी संरचना निर्माण गर्दा डुबानको समस्या थप बढेको छ ।” 

खोला नाला मिचेर बनाइएका घर संरचना हटाउन नगरपालिका कार्यालयको लामो समयदेखिको पहल सफल हुन सकिरहेको छैन । उपमहानगरपालिका कार्यालयका इञ्जिनीयर दिव्यराज भट्टले गुरुयोजना बिनाको शहरीकरणसँगै डुबानको समस्या पनि बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा खोलानाला र तालतलैया मिचेर जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिले नगरमा अहिले डुबानको समस्या बढेको हो ।” डुबानको समस्या आउन नदिन आवश्यक गुरुयोजनासहित ठूलो लगानीको योजना चाहिने उहाँ बताउनुहुन्छ । 
 
नगरपालिका कार्यालयले सडकको स्तरोन्नति नगरेको र जमेको पानीको निकासको व्यवस्था नगरेको भन्दै धनगढी हसनपुर क्षेत्रका बासिन्दाले आफ्नो निवास अगाडिको हिलाम्मे सडकमै हालै धान रोपेर विरोध गरेका थिए । बजारको मुख्य सडकको वैकल्पिक सडकका रुपमा लिइएको क्याम्पस–चटकपुर सडक स्तरोन्नति कार्य निर्माणाधीन छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । हाल उक्त सडक हिलाम्मे भएको र ठाउँठाउँमा पानी जमेपछि आवागमन असहज बनेको छ ।
  
सडक दायाँबायाँ गहिरो नालीसहित निर्माण भइरहेको सो सडकको स्तरोन्नतिपछि डुबानको समस्या केही हट्ने विश्वास गरिएको छ । यस्तै उत्तर–दक्षिण हुँदै अत्तरियादेखि धनगढीको मोहना पुलसम्म छ लेनको सडक निर्माणाधीन छ । दायाँबायाँ नाली,‘रेलिङ’ र ‘फुटपाथ’को व्यवस्थासहित यो सडकको स्तरोन्नति तथा निर्माण कार्य भइरहे पनि सडक आसपासका बस्तीमा जमेको पानी निकासका लागि उचित ध्यान नपु¥याइएको नगरवासीको भनाइ छ । 
 
धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्म निर्माण भइरहेको छ लेन सडकका आवश्यक ठाउँमा पुलेसा निर्माण गरी जमेको पानी निकासको व्यवस्था गर्नुपर्नेमा यस्तो नहुँदा पानी निकासमा समस्या भएको जनाइएको छ । वर्षासँगै जलमग्न भएको उपमहानगरपालिका–३ मा रहेको कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरण, विशालनगरलगायतका बस्तीको पानी निकास गर्ने पहल हुँदा तीनदिन अघि झडपसमेत भएको थियो ।  
 
जमेको पानीको निकास खोल्न प्रहरी टोलीद्वारा गरिएको प्रयासमा अवरोध पुर्‍याइएपछि २ नम्बर वडावासी र प्रहरीबीच झडप भएको थियो । झडपमा १३ प्रहरी र केही स्थानीय व्यक्तिसमेत घाइते भएका थिए । छ लेन सडकअन्तर्गतको धनगढी बजार सडकखण्डमा रहेको पुलेसा हुँदै वडा नं २ तर्फ निकास गर्नुपर्ने पानी थुन्ने प्रयास हुँदा झडपको स्थिति बनेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारी बताउनुहुन्छ । 
 
वर्षासँगै वडा नं ३ मा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन डुबानमा पर्ने र त्यसबाट विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने मात्र नभई विद्युत् आपूर्ति ठप्प हुने जोखिम देखिएपछि बल प्रयोग गरी जमेको पानी निकास गर्नुपरेको प्रहरीको भनाइ छ । पानी निकासपछि डुबानमा परेको वडा नं २ का मिलन चोक, मालिका टोल र लिटिल फ्लावर टोलका बासिन्दाले पानी निकासको उचित व्यवस्था गर्न माग गरे पनि सुनुवाइ नगरिएको गुनासो गर्नुभएको छ । 
 
“सधैँ हाम्रो टोल डुबानमा पर्दा तालका मछाजस्तै गरी बस्नुपरेको अवस्था छ”, डुबान प्रभावित मिलन चोकका रामचन्द्र भट्टले भन्नुभयो, “टोलका धेरै परिवारका खेतसमेत जलमग्न हुँदा खेतीसमेत गर्नबाट वञ्चित बनेका छौँ ।” पानी निकासको उचित व्यवस्था नगरी बस्तीका सडक बनाउँदा आफूहरु बर्सेनि डुबानमा पर्दै आएको उहाँ बताउनुहुन्छ । (रासस, सिद्धराज भट्ट )