• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छः प्रवक्ता ढकाल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने बताएका छन् ।

उनका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको हो ।

बालकोटमा भएको छलफलमा पहिलो चरणमा सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने त्यसपछि सरकारको नेतृत्व एमालले लिनेछ ।

सहमतिअनुसार राष्ट्रपति र सभामुख पद एमालेले पाउने छ । बालकोटमा भएको बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताबीच छलफल भएको थियो ।