२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट वार्ता : एमाले गठबन्धनले आजै ४ बजे सरकारको दाबी गर्ने



अ+ अ-

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन टुटेपछि बनेको अर्को पाँच दलीय गठबन्धनले आजै सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति पद दुवै नछाड्ने अडान लिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट बाहिरिँदै सोझै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

बालकोटमा अहिले एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरुबीच सरकारको नेतृत्व दावी गर्नेबारे छलफल भइरहेको छ ।

एमाले र माओवादी केन्द्रले आज बिहानेदेखि सत्ता समीकरणका लागि माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आन्तरिक तयारी गरेका थिए । पेरिसडाँडामा माओवादी नेताहरू वर्षमान पुन, देवेन्द्र पौडेललगायतका नेताहरू र एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू आन्तरिक तयारीमा जुटेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमतसहित आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै आह्वान गरिसक्नुभएको छ । बालकोट बैठकले आजै ४ बजे सरकारको नेतृत्वसहित जाने तयारी गरेको छ ।

संसद्मा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४ र जसपाको १२ सिट रहेको छ । प्रतिनिधिसभामा कुल २७५ सिटमध्ये पाँच दलको १५६ सिट पुग्छ । यो बहुमतको सरकार ९१३८ सिट आवश्यक० बनाउन पर्याप्त सिट संख्या हो ।